राष्ट्रपतिले काठमाडौंमा मेलम्ची खानेपानी वितरणको औपारिक उद्घाटन गरेका दिन शुक्रबार, यो योजना पूरा हुनुमा जस लिने होडबाजी चलिरहेको छ।
कोही ओली सरकारको पालामा मेलम्चीको पानी आयो भनेर उफ्रिरहेका छन् त कोही कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको दाबी गरिरहेका छन्।
यसै मेलोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले भने मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना राजा वीरेन्द्रको भएको दाबी गरेका छन्।
‘मेलम्चीबाट पानी ल्याई काठमाडौंका जनताको घरघरमा पुर्याउने आयोजनाको परिकल्पना राजा वीरेन्द्रको हो। पछि किसुनजीले मुखरित गर्नुभयो,’ शुक्रबार साँझ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रसंगमा राजा वीरेन्द्रको नाम उल्लेख गर्दा हीनताबोध गर्नु जरुरी छैन। कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन्।’
मेलम्चीको पानी काठमाडौं आइपुग्नुमा जस लिँदै कांग्रेसले जारी गर्यो भिडिओ सन्देश (हेर्नुहोस्)
प्रतिक्रिया