नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आह्वान गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग बैठक राखिएको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बताए।
माओवादी केन्द्रले बिहीबार एमाले पार्टीमा प्रवेश गरी सरकारमा रहेका आफ्ना चारजना मन्त्रीलाई सांसद नरहने गरी कारबाही गरेपछिको नयाँ परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
केहि दिनपहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब गतिरोध अन्त्य गरिने र राजनीतिक घट्नाक्रम तीव्ररुपमा अघि बढ्ने बताएका थिए।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि सत्तारुढ दल नेकपा विघटन भई दुई दलमा परिणत भएको छ। त्यसमध्येको एउटा पार्टी एमाले पनि व्यवहारिकरुपमा विभाजित अवस्थामा छ। यस्तो अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन नसकेको भनी कांग्रेसभित्रै र बाहिरबाट समेत देउवाको आलोचना भइरहेका बेला उनले तीन–दलीय बैठक बोलाएका हुन्।
Shares
प्रतिक्रिया