ad ad

राजनीति


मण्डललाई कारबाही गर्दै नेपाल–खनाल पक्षले महतोलाई बनायो प्रदेश २ को संसदीय दलको नेता

मण्डललाई कारबाही गर्दै नेपाल–खनाल पक्षले महतोलाई बनायो  प्रदेश २ को संसदीय दलको नेता

नेपालखबर
चैत २९, २०७७ आइतबार ११:१७,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।

आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको नेपाल–खनाल पक्षको संसदीय दलको बैठकले दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई नयाँ नेता चयन गरेको प्रदेश सभा सदस्य मन्जु यादवले जानकारी दिइन्।

उनले बैठकमा ११ जना सांसदको उपस्थिति रहेको र २ जना बिरामी भएका कारण नआए पनि उनीहरुको पनि हस्ताक्षर रहेको बताइन्।

‘बैठकमा ११ जना सांसद उपस्थित हुनुहुन्थ्यो, गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण नआए पनि निर्णयमा १३ जनाकै हस्ताक्षर छ’, यादवले नेपालखबरसँग भनिन्।

प्रदेश २ प्रदेशसभामा नेपाल–खनाल पक्षको बहुमत रहेको रहेको छ। प्रदेश सभामा रहेको २१ मध्ये १३ जना नेपाल–खनाल पक्षमा छन्।

नेपाल–खनाल पक्षले कारबाही गरेको मण्डल एमालेको अध्यक्ष केपी शर्मा ओलीनिकट हुन्।

त्यस्तै बैठकले उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र बेची लुंगेलीलाई चयन गरेको सांसद यादवले जनाकारी दिइन्।

एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेपाल–खनाल पक्षले देशभर समानान्तर कमिटी बनाउन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .