ad ad

राजनीति


योगेशनिकट गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

योगेशनिकट गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ६:२९,

लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका गणेश पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन्।

सिन्धुलीबाट दुई पटक निर्वाचित पहाडी नेता योगेश भट्टराईनिकट हुन्।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन लागिएको हो।

पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए।

उनी एमाले विभाजन हुँदा माले पार्टीतर्फै गएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी पछिल्लो समय मौन रहेका थिए।

प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध मुद्दा दर्ता नगराउने नेपालनिकट तीन सांसदमध्ये एक हुन्।

पहाडीको मन्त्रिपरिषदमा नियुक्तिसँगै एमालेभित्रको शक्ति संघर्षमा नयाँ ट्विष्ट (मोड) देखिएको छ।

योगेश भट्टराई पनि केहि दिनदेखि प्रधानमन्त्री ओलीसँग सहमति जुटाएर पार्टी एकता कायम राख्न प्रयासरत् छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .