गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दै अन्य दलको वैकल्पिक सरकार बन्ने अवस्था नरहेको बताएका छन्।
प्रदेश सभामा बोल्दै गुरुङले विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम ल्याउने नभए संविधान अनुसार हुने बताए।
'वैकल्पिक सरकारका लागि विपक्षीको बहुमत पुग्दैन', उनले भने, 'यो एक महिना अघि नै परीक्षण भएको हो। सरकार पूर्णकार्यकाल चलोस् भन्ने चाहना हो।'
राजनीतिक तरल भएको बताउँदै उनले यतिबेला सहि निर्णय लिन आग्रह गरे।
'हामी सत्तामा हुँदा र नहुँदा पद पाउँदा र नपाउँदा गर्ने ब्यवहार र बोली एउटै छ र भविष्यमा पनि सोही बमोजिम हुने छन्', गुरुङले भने, 'राजनीति पानी जस्तै हो। यो स्नीग्ध हुन्छ। जीव र मानिसहरुको कारण यो प्रदूषण भए जस्तै राजनीतिलाई दल र नेता तिनका नेताका आग्रह कुण्ठा र प्रत्याग्रहका कारण फोहोरी बताउन हुँदैन।'
उनले अतितमुखी भएर हैन भविष्य हेरेर निर्णय गर्न आग्रह गरे। 'आग्रह पूर्वाग्रहले राजनीतिलाई गाँजेको छ', उनले भने, 'त्यसको सिकार गण्डकी प्रदेश पनि भएको छ।'
कोरोना महामारीको असहज समयमा सरकार बचाउनका लागि विश्वासको मत माग्न विवश उनले बताए।
प्रतिक्रिया