वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्यायपरिषद् सदस्यमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीलाई सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।
नियुक्त भएका भण्डारी रामेछाप खनियापानी ९ का स्थायी निवासी हुन्।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ अनुसार उनलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया