ad ad

राजनीति


कुनै शक्तिसामु नझुक्ने भएका कारण एमालेलाई घेराबन्दी गरियो : विष्णु रिजाल

कुनै शक्तिसामु नझुक्ने भएका कारण एमालेलाई घेराबन्दी गरियो : विष्णु रिजाल

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १२:५९, जुम्ला

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिसामु नझुक्ने राष्ट्रवादी भएका कारण आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको दाबी गरेका छन्। 

जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग बारबहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ। तर, जति गरे पनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ।’

नेकपा एमालेद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानका क्रममा आयोजित वडास्तरीय भेलामा केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए। 

‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ। एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उनले भने, ‘तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ। जनताको बलमा त्यसलाई परास्त गर्नेछौं।’

वटा ८ वडा रहेको तातोपानी गाउँपालिकका ३ वटा वडामा एमालेले अभियान सम्पन्न गरेको छ। बाँकी वडामा केन्द्रीय सदस्य रिजालको उपस्थितिमा अभियान सञ्चालन गरिने पालिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .