नेकपा एमाले छाडेका द्वारिकलाल चौधरी र रुपेश खतिवडा शुक्रबारबाट सुरु भएको एमालेको कोशी प्रदेश प्रथम अधिवेशनमा सहभागी भएका छन्।
गत मंसिरमा भएको निर्वाचनमा प्रदेशसभा टिकट नपाएपछि एमाले छाडेका उनीहरू शुक्रबार पहिलोपटक एमालेको औपचारिक कार्यक्रममा सहभागी भएका हुन्।
चौधरी माओवादी केन्द्रमा प्रवेश गरेपनि निष्क्रिय थिए। मोरङ जिल्ला कमिटी सचिव रहेका खतिवडा भने पार्टी परित्यागको घोषणा गरेर बसेका थिए।
इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत रहेका चौधरीले केही समयअघि एमाले आफ्नै घर भएको अभिव्यक्ति दिएका थिए।
खतिवडाले पार्टीले विधि र पद्धतिविपरीत भएको निर्णयको साक्षी किनारा भएर बस्न नसक्ने राजीनामाका क्रममा बताएका थिए।
खतिवडाले मोरङका विनोद ढकाललाई अध्यक्ष बनाउनपर्ने भन्दै सामाजिक सञ्जालमार्फत अपिल समेत गर्दै आएका छन्।
Shares
प्रतिक्रिया