ad ad

राजनीति


लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी, परिणाम आजै

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी, परिणाम आजै

सुदीप भण्डारी
माघ २५, २०७९ बुधबार ११:३९, बुटवल

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान साढे १० बजेतिर मतदान सुरु भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्ने छ।

राष्ट्रिय सभा सदस्य पदका लागि नेकपा एमालेबाट कुमार दसौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्। 

चुनावमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता छन्। प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ। 

लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। लुम्बिनी प्रदेशमा कूल १०९ पालिका छन्। 

तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन्। त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन्। तीन जनाले जिते पनि एक जना फेरि माओवादी केन्द्रमै प्रवेश गरिसकेका छन्। 

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र गणनाको एक घण्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने प्रदेश निर्वाचन कार्यालय सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गरिएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .