लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सोमबार (साउन ७) मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार (आजै) आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन्।
यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो। तर, अन्तिम अवस्थामा पार्टी केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन गएको थियो।
सोही अनुसार आचार्यले मुख्यमन्त्री दाबी गरेका हुन्।
132
Shares
प्रतिक्रिया