ad ad

राजनीति


मधेश सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

मधेश सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

मधेश प्रदेशमा एमाले दलका नेता सरोज यादव


जयन्त ठाकुर
चैत २१, २०७९ मंगलबार १४:२३, जनकपुरधाम

नेकपा एमाले मधेश सरकारबाट बाहिरिन लागेको छ। एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले मंगलबारै राजीनामा बुझाएर बाहिरिन लागेका हुन्। 

नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आजै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्। 

गत फागुन १५ गते नेकपा एमाले सचिवालय बैठकले संघ सरकारबाट मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिए पनि मधेश सरकारबाट बाहिरिएको थिएन। 

एमाले मधेश प्रदेशको संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाउन लागेको जानकारी दिए। 

उनले सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरुलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिन लागेको बताए। 

तत्कालीन गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउन चाहेका थिए।

तर पनि बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग मिल्ने आशले एमालेका मन्त्रीहरुलाई मधेश सरकारबाट हटाएको थिएन। 

तर, बारा २ मा एमालेका पुरुषोत्तम पौडेलको उम्मेदवारी दर्ता भएपछि मुख्यमन्त्री यादवले सरकार छोड्न मन्त्रीहरुलाई फोन गरेका थिए। 

मधेश सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .