नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रतिवेदन सरकारलाई बुझाएको छ।
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइएको हो।
सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो।
स्रोतका अनुसार उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ। प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ।
सो जग्गा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै छानबिन गरिरहेको छ।
प्रतिक्रिया