ललिता निवास जग्गा प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
विशेष अदालत काठमाडौँका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई सोमबार थुनामा पठाउने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।
उनीसँगै तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पौडेल अदालतमा आफैं उपस्थित भएका थिए।
प्रतिक्रिया