प्रविधि


भारतमै बन्ने भयो आईफोन १४

भारतमै बन्ने भयो आईफोन १४

नेपालखबर
असोज १०, २०७९ सोमबार ११:४९, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा नै आईफोन १४ उत्पादन गरिने बताएको छ।

सोमबार एप्पलले भारतमा नै आफ्नो पछिल्लो संस्करणको आईफोन उत्पादन गरिने बताएको हो। एप्पलले चीनबाट आफ्नो आईफोन उत्पादन घटाइरहेको समयमा यस्तो बताएको हो। 

एप्पलले यो महिनाको सुरुमा आईफोन १४ सार्वजनिक गरेको थियो। यो उत्पादनमा कम्पनीले कुनै नयाँ फिचर ल्याउने भन्दा  पनि सुरक्षालाई बढी ध्यान दिएको छ। 

‘नयाँ आईफोन १४ मा नयाँ प्रविधि र महत्वपूर्ण सुरक्षा क्षमताको प्रयोग गरिएको छ। हामी भारतमा आईफोन १४ को उत्पादन सुरु गर्न निकै उत्साहित छौं’, एप्पलले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। 

जेपी मोर्गानका विश्लेषकले एप्पलको यो कदमले करिब ५ प्रतिशत उत्पादन भारतमा सर्न सक्ने बताएका छन्। भारत चीनपछि विश्वको सबैभन्दा ठूलो स्मार्टफोनको बजार हो। 

जेपी मोर्गानका विश्लेषकहरुका अनुसार सन् २०२५ सम्म एप्पलले आफ्ना चारमध्ये एउटा भारतमा उत्पादन गर्न सक्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .