प्रविधि


२०४६ को भ्यालेन्टाइन्स डेमा क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिन सक्छ : नासा

२०४६ को भ्यालेन्टाइन्स डेमा क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिन सक्छ : नासा

नेपालखबर
फागुन २७ ,

भर्खरै पत्ता लागेको एउटा क्षुद्र ग्रहले सन् २०४६ मा पृथ्वीलाई ठक्कर दिनसक्ने क्षीण सम्भावना रहेको नासाले जनाएको छ। 

यदि त्यो क्षुद्र ग्रहले पृथ्वीलाई ठक्कर दिने नै भयो भने त्यो २०४६ को भ्यालेन्टाइन्स डेमा पृथ्वीमा आइपुग्ने नासाको हिसाबकिताब छ।

सो क्षुद्र ग्रह ओलम्पिकको स्विमिङ पुलजत्रै रहेको बताइएको छ।

त्यो पिण्ड पृथ्वीबाट १८ लाख किलोमिटर टाढा मात्रै आइपुग्ने अनुमान छ। तर, अझै पनि तथ्यांक संकलनको काम भइरहेको र आकलन पछि बदलिन सक्ने पनि जनाइएको छ।

२०२३ डीडब्लू नाम दिइएको सो क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिने सम्भावना ०.१८ प्रतिशत मात्र रहेको नासाले जनाएको छ। 

तर, पृथ्वीमा ठोक्किए सो क्षुद्र ग्रहले ठूलै प्रभाव पार्न सक्छ। खासगरी ठूलो सहर वा जनसंख्या धेरै भएको क्षेत्रमा ठोक्किए। 

१० वर्षअघि २०२३ डीडब्लूभन्दा आधाजत्रो उल्कापिण्ड रुसको चेल्याबिन्स्क क्षेत्रमा खसेको थियो। जसले गर्दा २ सय वर्गमाइल क्षेत्रमा झ्यालका सिसा फुटेका थिए भने १५ सय मानिस घाइते भएका थिए।

क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना अत्यन्त कम रहन्छ। तैपनि भइपरी आउने अवस्थाका लागि वैज्ञानिकहरु वर्षौंदेखि तयारी गरिरहेका छन्। अन्तरिक्ष यान त्यस्ता क्षुद्रग्रहमा ठोक्काएर तिनको बाटो बदल्ने अभ्यास गत वर्ष मात्र नासाले गरेको थियो। बीबीसी 

फागुन २७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.