ad ad

प्रविधि


भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन

भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ९:४१, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण सञ्चार क्षेत्रमा भएको क्षति तत्काल अध्ययन गरी सेवा पुनः सञ्चालन गर्न सरकारले नेपाल टेलिकमलाई निर्देशन दिएको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पका कारण भएको क्षतिको तत्काल अध्ययन गरी सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमलाई निर्देशन दिएकी हुन्। 

यसको तयारीका लागि टेलिकम बैठकमा जुटेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ। हजाराैँ घरलगायत भाैतिक संरचना ध्वस्त भएका छन्। 

यो खबर लेख्दासम्म मृत्यु हुनेको संख्या १५४ पुगेको छ। 

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .