ad ad

प्रविधि


नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १३:४२, काठमाडौँ

सरकारले टिकटक बन्द गराउने निर्णय गरेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको हो। 

एक मन्त्रीका अनुसार समाजमा विकृति र विसंगति फैलाउन भूमिका खेलेको ठहर गर्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

‘नेपालमा टीकटक बन्द गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘सरकारको निर्णय केही दिनमै कार्यान्वयनमा जान्छ।’ 

सरकारको निर्णयसँगै टिकटक बन्द गर्न अब प्रक्रिया अघि बढेको उनले बताइन्।

यसअघि विश्वका अन्य केही देशले पनि आफ्नो मुलुकमा टिकटक बन्द गराइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .