ad ad

प्रविधि


फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकालाई नग्न तस्बिर पठाउन रोक्ने उपकरण ल्याउँदै मेटा

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकालाई नग्न तस्बिर पठाउन रोक्ने उपकरण ल्याउँदै मेटा

नेपालखबर
माघ १४, २०८० आइतबार १०:३२, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले चाँडै नै बालबालिकालाई नग्न तस्बिर पठाउन वा उनीहरूले प्राप्त गर्नबाट रोक्ने सुरक्षा उपकरण ल्याउन लागेको जनाएको छ। इन्क्रिप्टेड च्याटमा पनि यो सम्भव हुने छैन।

यो उपकरण वैकल्पिक हुन सक्छ र इन्स्टाग्राम र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुन सक्छ। मेटाले पूर्वनिर्धारित रूपमा एन्क्रिप्टेड मेसेन्जर राखेको थियो। त्यसपछि उसले सरकार र प्रहरीको चर्को आलोचना सामना गर्नुपरेको थियो।

इन्क्रिप्सनका कारण कम्पनीले बाल दुर्व्यवहारका घटना पत्ता लगाउन नसक्ने उसको भनाइ छ।

मेटाका अनुसार कम्पनीको यो फिचर १३ वर्षमुनिका महिला र बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन ल्याउन लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .