प्रविधि


नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा हुने

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा हुने

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १५:४७, काठमाडौँ

विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा गर्ने भएको छ ।

आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आइइइइ एक्सट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो। 

आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीबीच प्रतिष्पर्धा हुनेछ। आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्ने बताए।

उनका अनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर आईटी सम्बन्धी समस्या निराकरण गर्नेछन्। यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउनले उनले बताए।

यस कार्यक्रमले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ। प्रतियोगिता सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वरमा आयोजना हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad