यसअघि ट्रम्पले टिकटक चिनियाँ सरकारको जासुसीको माध्यम भएको बताउने गर्दथे। उनले टिकटकले अमेरिकामा सेवा दिनका लागि अमेरिकी कम्पनीको स्वामित्वमा रहनुपर्ने बताएका थिए।
अमेरिकी कम्पनीको स्वामित्वमा नरहे टिकटक अमेरिकामा प्रतिबन्ध हुने ट्रम्पले चेतावनी दिएका थिए।
हालैमात्र टिकटक र ओरेकल कम्पनीबीच सम्झौता भएको हो। अब भने टिकटकमाथि लगाइने भनेको प्रतिबन्ध टरेर गएको छ।
ट्रम्पले शनिबार पत्रकारहरुसँग बोल्दै आफूले दुवै कम्पनीबीच भएको सम्झौतालाई आशिर्वाद समेत दिएको बताएका छन्।
उनले भने,‘मैले टिकटक र ओरेकलबीच भएको सम्झौतालाई आशिर्वाद दिएको छु। यदी उनीहरुले काम गरेर देखाए भने त्यो राम्रो, नभएपनि ठिकै छ।’ एजेन्सी
6
Shares
प्रतिक्रिया