चीनले बिहीबार यस प्रविधिको सफल रुपमा परीक्षण गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिकापछि चीन एन्टी–मिसाइल इन्टरसेप्ट टेस्ट सम्पन्न गर्न सफल भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चीनको रक्षा मन्त्रालय भन्छ,‘हाम्रो परीक्षण रक्षात्मक प्रकृतिको थियो र यो कसैप्रति लक्षित छैन।’
अधिकारीहरुका अनुसार चीनको तेयुआन सेटेलाइट लन्च सेन्टरबाट उक्त रक्षा क्षेप्यास्त्र प्रणालीको परीक्षण गरिएको थियो।
त्यसबेला त्यहाँको आकाशमा विमानहरुलाई नजान निर्देशन दिइएको थियो।
भारतले यसैवर्ष ५ हजार किलोमिटरसम्म पुगेर मार हान्नसक्ने अग्नी–पाँचौ ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गर्ने बताइरहँदा चीनले क्षेप्यास्त्र रक्षा प्रणाालीको विकास गरेको हो। एससीएमपी
(भिडियाे)
प्रतिक्रिया