यो स्मार्टफोनले त्यति लोकप्रियता पाएको थिएन। यसैकारण एचएमडीले फेरि ५ रियर क्यामेरा भएको नोकिया फोन सार्वजनिक गर्ने तयारी गरेको छ।
नोकिया पावर युजरका अनुसार यो एक अपर मिड–रेन्जको फोन हुनेछ, जसले नोकिया ८.३ फाइभ–जीलाई प्रतिस्थापन गर्नेछ।
रिपोर्टका अनुसार पेन्टा क्यामेरा सेटअप ‘पाँच क्यामेरा’ भएको यस फोनको प्राथमिक सेन्सर १०८ मेगापिक्सलको हुनेछ।
हालसम्म यस फोनको सेल्फी क्यामेराको बारेमा केही जानकारी आएको छैन। तर यसमा अल्ट्रा वाइड लेन्स, डेप्थ सेन्सर, एक माइक्रो लेन्स र एक टेलिफोटो लेन्स हुनेछ।
६.५ इन्चको प्योरडिस्प्ले भीफोरको स्क्रिनमा क्वाड एचडी प्ल रिजोलुसन र १२० एचजेट रिफ्रेन्स रेट हुनेछ।
रिपोर्टअनुसार यस फोनमा क्वालकम स्न्यापड्र्यागन ७७५ जी प्रोसेसर हुनेछ। यसमा ६ हजार एमएएचको ब्याट्री हुनेछ।
प्रतिक्रिया