ad ad

प्रविधि


वैज्ञानिकले फेला पारे पृथ्वीको अर्को चन्द्रमा

वैज्ञानिकले फेला पारे पृथ्वीको अर्को चन्द्रमा

नेपालखबर
जेठ १८, २०८० बिहिबार ९:२२, काठमाडौँ

वैज्ञानिकहरूले चन्द्रमाकै जस्तो गुण भएको एक नयाँ बाह्य ग्रह फेला पारेका छन्।

हालै वैज्ञानिकहरूले सम्पन्न गरेको एक अध्ययनले पृथ्वीको एक अर्को चन्द्रमा वा कम्तीमा अर्धचन्द्रमा रहेको खुलासा गरेको हो। जसको नाम २०२३ एफडब्लू १३ राखिएको छ। यसले पृथ्वी र सूर्य दुवैको परिक्रमा गर्छ। तर गुरुत्वाकर्षण बलअन्तर्गत यसलाई सूर्यले आफूतर्फ तान्छ।

यस चन्द्रमालाई हवाइस्थित हलेकाला भोलकानोमा अवस्थित प्यान-स्टार्रस टेलिस्कोपको प्रयोग गर्ने विशेषज्ञले पत्ता लगाएका हुन्। उनीहरूको विश्वास छ कि यो पृथ्वीसँग ईसापूर्व कालदेखि छ, र अझै कम्तीमा १५ सय वर्ष पृथ्वीसँगै हुनेछ।

यसअघि सन् २०१६ मा ४६९२१९ नामक पृथ्वीको अर्धचन्द्रमा फेला परेको थियो। अहिले पत्ता लागेको चन्द्रमा र उक्त अर्धचन्द्रमा दुवै पृथ्वीका लागि कुनै हानिकारक नभएको वैज्ञानिकहरूले बताएका छन्। 

खगोललविद् टोनी डोनका अनुसार फेला परेको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउन ३६५.४२ दिन लगाउँछ। 

हामीसँग पहिले भएको चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने समयभन्दा यो धेरै हो। उपलब्ध पहिलो चन्द्रमाले २७ दिन ६ घण्टामा पृथ्वीको एक फन्को लगाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .