सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता भएका फ्रान्सका तीनजना नागरिकको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका उनीहरू कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए।
प्रहरी नायब उपरीक्षक कवित कटुवालका अनुसार फ्रान्सेली नागरिकहरू थोमस, गाब्रियल र लुइसको शव आइतवारै भेटिएको थियो।
तर हेलिकोप्टरमार्फत सोमबार उद्धार गरेर लुक्ला ल्याइएको छ। उनीहरू आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणमा गएका थिए।
बेपत्ता आरोहीको खोजी गर्न हेलिकोप्टर प्रयोग गरिएको थियो। एउटै समूहमा गएकामध्ये अन्य ५ जना यसअघि नै सम्पर्कमा आइसकेका थिए।
165
Shares
प्रतिक्रिया