सामाजिक सञ्जालमा युवती तथा महिलाहरुका अश्लिल फोटो भिडियो पोष्ट गरी चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका ६ चोच्छेका २० वर्षीय बिकेश सोजुँ र खाटाङको ऐसेलुखर्क गाउँपालिका १ की २० वर्षीया भोजकुमारी दाहाल रहेका छन्।
उनीहरुलाई छुट्टा छुट्टै घटनामा संलग्न भएको आरोपमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
बिकेशले पीडित नाबालिगका तस्बिर इडिट गरी अश्लिल भिडियो बनाई पीडितका आफन्त तथा साथीभाइलाई पठाएर चरित्रहत्या गरेको आरोप छ।
भोजकुमारीले पीडितका तस्बिर दूरुपयोग गरी समाजमा अपाच्य हुने क्याप्सन राखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको पीडितको गुनासो छ।
उनीहरु दुवै जनालाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए।
Shares
प्रतिक्रिया