ad ad

समाज


सिक्किममा बस दुर्घटना, झारखण्डका विद्यार्थीहरू घाइते

सिक्किममा बस दुर्घटना, झारखण्डका विद्यार्थीहरू घाइते

शैलेन्द्र समदर्शी
असार १४, २०७९ मंगलबार १५:६, गान्तोक

सिक्किमको रानीपुल छेउ मंगलबार बिहान एउटा बस दुर्घटनामा पर्दा झारखण्डका विद्यार्थीहरू घाइते भएका छन्।

आज बिहान गान्तोकबाट सिलगढ़ीतर्फ फर्किरहेको डब्ल्यूबी ७६, ४५०५ नम्बरको बस रानीपुल पुग्न केहीअघि ओरेञ्जभेल्ली छेउ सडकमा पल्टिँदा यो दुर्घटना भएको हो। 

बसमा सेन्ट जेभियर्स कलेज राँचीका विद्यार्थीहरू सवार थिए।

जानकारीका अनुसार यी विद्यार्थीहरू केही दिनअघि सिक्किम भ्रमणमा आएका थिए भने आज बिहान उनीहरू सिलगढीतर्फ फर्किरहेका थिए। 

जानकारीका अनुसार बसमा करिब २३ जना विद्यार्थी सवार थिए।

दुर्घटनामा परी धेरै विद्यार्थी घाइते भएका छन्, जसलाई उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको छ। मणिपाल अस्पताल सूत्रका अनुसार धेरैजना विद्यार्थीको हात, खुट्टा र शिरमा चोट लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .