ad ad

समाज


विद्यार्थी बोक्ने बसका चालक नै मापसेमा! १६ स्कुल बस कारबाहीमा

विद्यार्थी बोक्ने बसका चालक नै मापसेमा! १६ स्कुल बस कारबाहीमा

नेपालखबर
साउन १५, २०७९ आइतबार १२:५५, काठमाडौँ

विद्यार्थी बोक्ने सवारी चालकले मदिरा सेवन गरी गाडी चलाएको पाइएको छ। 

ट्राफिक प्रहरीले मदिरा सेवन गर्ने चालकलाई कारबाही गरेका हुन्। 

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियानअन्तर्गत कारबाही गरेको छ। 

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ ।

यसअन्तर्गत विभिन्न स्कुलका पाँचवटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .