ad ad

समाज


विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयको आग्रह

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयको आग्रह

नेपालखबर
भदौ १२, २०७९ आइतबार १८:२१, काठमाडौँ

शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका लेखापाल एवं कर्मचारीहरुलाई आन्दोलन छोडेर पढाउने कामलाई निरन्तरता दिन आग्रह गरेको छ।

निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले आजदेखि (१२ भदौ) पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए।

शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका कर्मचारीसँग वार्ता र छलफल सँगसँगै गर्ने बताएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले घोषणा गरिएका विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन दैनिक पठनपाठन हुने वातावरण बनाउन अनुरोध गरेको छ।

‘सेवा सुविधा माग राखी विगत केही दिनदेखि विद्यालयका कर्मचारीहरु आन्दोलनमा रहेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रयास भइरहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .