नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच-दश वर्षमा नेपालमा बिजुली नि:शुल्क गर्न सकिने बताएका छन्।
त्यसका लागि विद्युत पूर्वाधारमा लगानी बढाउनु पर्ने पनि घिसिङले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा घिसिङले सित्तैमा बिजुली बाँड्न सकिने योजना सुनाएका हुन्।
‘पाँच/दश वर्ष बिजुलीमा लगानी गरौ, कमाऔँ', उनले भने, 'त्यसपछि नेपालमा विद्युत आम ‘पब्लिक’लाई सित्तैमा दिन सकिन्छ।’
भारतलाई बिजुली बेच्यो भनेर प्राधिकरणको आलोचना हुने गरेकोमा उनले दु:ख व्यक्त गरे।
‘नेपालमा विद्युत खपत गर्ने त हो। तर, दिउँसो नबलेको बत्ती कहाँ पठाउने मैले?', उनले भने, 'त्यो नबलेको बिजुली खेर फाल्यो भने दोहोरो घाटा लागेन मलाई?’
भिडिओ
159
Shares
प्रतिक्रिया