काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट बुधबार साँझ हामफालेका दुवै विद्यार्थीको मृत्यु भएको छ।
हामफालेपछि उपचारका लागि निजामती अस्पताल लगिएका १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावालको मृत्यु भएको हो।
पाँच तल्ले घरको छतबाट हामफालेका उनीहरुको अवस्था गम्भीर थियो। तर अस्पताल पुर्याएर उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका हुन्।
बुद्धनगरको निर्माणाधीन घरबाट हामफाल्ने दुवैजना कक्षा ९ का विद्यार्थी
बुद्धनगरको एक घरबाट खसे दुई किशोर-किशोरी, घटनास्थल पुग्यो प्रहरी
बुधबार साँझ ५ बजेर ५० मिनेटमा पाँच तले घरबाट हामफालेका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन पाँच तलेघरबाट उनीहरुले एकसाथ हामफालेका थिए।
उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।
हामफालेपछि उनीहरुलाई स्थानीयबासी र प्रहरीले घटनास्थलबाट उद्धार गरेर उपचारका लागि अस्पताल लगेका थिए।
Shares
प्रतिक्रिया