ad ad

समाज


चुनावका लागि प्रहरीले सेनासँग माग्यो एक हजार पेस्तोल

चुनावका लागि प्रहरीले सेनासँग माग्यो एक हजार पेस्तोल

नेपालखबर
भदौ २०, २०७९ सोमबार २२:२७, काठमाडौँ

नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक हजार थान पेस्तोल माग गरेको छ। नेपाली सेनालाई पत्र पठाउँदै प्रहरी प्रधान कार्यालयले एक हजार थान पेस्तोल माग गरेको हो। 

हरेक मतदान केन्द्रमा जुनियर अधिकृतका लागि साना हतियार (पेस्तोल) आवश्यक पर्ने भए पनि प्रहरीसँग अपुग भएपछि सेनासँग सापटी मागिएको प्रहरी प्रधान कार्यालय उच्च श्रोतले जनाएको छ।

‘हामीले अपुग हतियार सेनासँग सापटी माग गरिसकेका छौं, सेनाबाट आउन बाँकी छ। निर्वाचनका लागि ती हतियार अतिआवश्यक हो’, ती अधिकारीले भने। 

यसअघि स्थानीय तहको निर्वाचनमा पनि प्रहरीले सेनासँगै माग गरेर चलाएको थियो। त्यतिबेला पनि प्रहरीले एक हजार वटा पेस्तोल सेनाका चलाएको थियो। निर्वाचन सकिएसँगै हतियार सेनालाई नै फिर्ता गरिएको थियो। 

यसपटक पनि चुनावपछि फिर्ता गर्ने गरी प्रहरीले माग गरेको हो। नेपाल प्रहरीले पेस्तोलसहितका अत्यावश्यक गोलीगट्ठा खरिद गर्ने तयारी गरेको भएपनि विवाद भएपछि खरिद रोकिएको छ। 

अहिले  प्रहरीसँग कतिपय हतियारका गोली सकिएका छन्। भीड नियन्त्रणका लागि आवश्यक अश्रुग्यास लगायत विस्फोटक पदार्थको म्याद सकिएको छ। भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नु परे प्रहरीले म्याद नाघेका नै प्रयोग गर्नु पर्ने अवस्था रहेको ती अधिकारीले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .