ad ad

समाज


पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने

पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने

नेपालखबर
भदौ २१, २०७९ मंगलबार २०:४७, काठमाडौँ

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।

जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका हुन्। 

पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार रुपैयाँ जरिवाना तिराउन पनि जिल्ला अदालतको फैसला छ। 

फैसलापछि पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले फैसला चित्त बुझ्दो नभएको बताउँदै पूर्णपाठ आउनासाथ उच्च अदालतमा जाने बताए। उच्च अदालतमा पल शाहलाई पूर्ण सफाइको माग गर्ने वाग्लेले बताए। 

‘यो फैसला न्यायसंगत छैन। पल शाहले पनि मैले करणी गरेकै छैन भनेका छन्। पीडित भनिएका नाबालिगले पनि मसँग पल शाहले करणी नै गरेका छैनन्। हाम्रो बीचमा त्यस्तो सम्बन्ध नै छैन भनिसकेकी छन्। यो अवस्थामा पनि बाल यौन दुरुपयोग भनेर अढाई वर्ष कैदको फैसला न्यायसंगत छैन’, वाग्लेले नेपालखबरसँग भने। 

नाबालिगको हकमा सहमती मै करणी गरेको भएपनि कसुर मानिने कानुनी व्यवस्था छ। तर यो हकमा पनि कसुर प्रमाणि त हुनु पर्ने अधिवक्ता वाग्लेले बताए। 

‘कसुर नै गरेको होइन भने कसरी बाल यौन दुरुपयोगमा सजाय गर्न मिल्छ? फेरि पीडितले मलाई करणी गरेको होइन भनेकी छन्। संवेदनशील अंगमा छुने, करणीको प्रयास गरेको पनि भनेकी छैनन्। कुनै पनि कसुर गरेको छैन भने कसरी यौन अपराधमा सजाय गर्न मिल्छ। यो कुरामा हाम्रो चित्त बुझेको छैन’, वाग्लेले भने। 

यसअघि दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पनि पल शाहले उच्च अदालतमा निवेदन गरेका थिए। तर उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .