नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर एभिन्यूज टेलिभिजनको महाराजगञ्जस्थित कार्यालयमा तोडफोड तथा पत्रकारमाथि हातपात र दुर्व्यवहार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
एभिन्यूज टेलिभिजनका अनुसार ललितपुरको कुसुन्तीस्थित ‘अनन्त सेवा नेपाल’ बालगृहका सञ्चालक उदयराज भाट (आफूलाई उदयराज भट्ट भनी चिनाउने) व्यक्तिले त्यहाँ बस्ने बालिकामाथि यौनशोषण गरिरहेको सूचनाको आधारमा सोबारे आइतबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रत्यक्ष प्रसारण हुने ‘एभिन्यूज पहल’ भन्ने कार्यक्रममा आफ्नो भनाइ राख्न निज भट्टलाई भाद्र २५ गते शनिबार नै टेलिभिजन पक्षबाट अनुरोध गरिएको थियो।
तर कार्यक्रम प्रसारण हुनअगावै निज भट्टले पठाएका ५÷६ जना व्यक्तिहरूले आइतबार राति ८ः०० बजेतिरै आएर टेलिभिजनको गेटमा धकेल्ने र ढुंगा हान्नुका साथै पत्रकार राजु भण्डारी, कमल जीसीलगायतलाई हातपात र दुर्व्यवहार गरेका थिए भने ‘एभिन्यूज पहल’ कार्यक्रममा सञ्चालक सुशील पाण्डेको मोबाइलसमेत खोसेको टेलिभिजनले जनाएको छ।
Shares
प्रतिक्रिया