ad ad

समाज


देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही स्थानमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०७९ शनिबार ८:२८, काठमाडौँ

आज (शनिबार) देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आज दिउँसो प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको हो।

यसबाहेक पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। 

यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सफा रहनेछ।  

अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमविद् भट्टराईका अनुसार आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ। पुनः पौने ९ बजे यसको अध्यावधिक (अपडेट) गरिनेछ। ‘त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना पनि रहन्छ, अथवा नघट्न पनि सक्छ’, उनले भने। 

देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि बिहान पौने ९ बजे आउनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .