नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले जनकपुरधामस्थित गंगासागर पोखरीको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेसकी केन्द्रीय सदस्य राणा छठ मनाउन जनकपुरधाम आएकी हुन्।
उनले जनकपुरधामस्थित गंगासागरमा छठ पर्व हेर्नुका सार्थ पूजासमेत गरिन्।
सोमबार विहान आउँदो सूर्यलाई अर्घ्य दिन उनी कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिएका छन्।
18
Shares
प्रतिक्रिया