ad ad

समाज


पूर्वमिस नेपाल शृंखलाले पनि गरिन् बालेन्द्र अभियानको विरोध

पूर्वमिस नेपाल शृंखलाले पनि गरिन् बालेन्द्र अभियानको विरोध

फाइल तस्बिर : पूर्वमिस नेपाल शृंखला खतिवडा


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १४:२५, काठमाडौँ

पूर्वमिस नेपाल शृंखला खतिवडाले पनि काठमाडौँ महानगरमा फुटपाथ व्यवसायीलाई लखेट्ने स्थानीय सरकारको अभियानको विरोध गरेकी छन्। 

बालेन्द्र शाह मेयर बनेयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्र खाली गर्ने अभियानै सञ्चालन गरिरहेको छ। 

यस क्रममा महानगरपालिकाले फुटपाथमा वर्षाैँदेखि व्यवसाय गरिरहेकाहरूलाई प्रहरी लगाएर हटाइरहेको छ। त्यससम्बन्धी एउटा भिडिओ पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो ट्विटरमा सेयर गर्दै विरोध गरेका छन्। 

त्यसैमा कमेन्ट लेख्दै पूर्वमिस नेपाल खतिवडाले पनि बिनाविकल्प फुटपाथ व्यवसायीलाई विस्थापन गर्नु गलत भएको बताएकी हुन्।     

‘के हामीलाई सहरको ‘सुन्दरता’ त्यति धेरै प्यारो भयो कि ठेलाको व्यापार पनि देख्न सकेनौँ? भोलि त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौँ’, पूर्वमिस नेपाल खतिवडाले भनेकी छन्, ‘अनौपचारिक क्षेत्रबिना अहिले नै सहर चल्न सक्दैन। कि त ठाउँ दिनुपर्‍यो, यस्तो ज्यादतीले केही समाधान हुँदैन है।’

सबै मानिससँग भाडा तिरेर व्यापार गर्ने क्षमता हुन नसक्ने उनले उल्लेख गरेकी छन्। 

‘दोष ठेलाको कि हाम्रो सिस्टमको त’, शृंखलाले आक्रोश पोखेकी छन्, ‘के भोलि नै सहरभरि औपचारिक भाडा र कर तिर्न सक्ने तरकारी पसल खोल्न सक्छौँ हामी?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .