ad ad

समाज


पूर्वमिस नेपाल शृंखलाद्वारा मकवानपुरमा स्वास्थ्य चौकी निर्माण

पूर्वमिस नेपाल शृंखलाद्वारा मकवानपुरमा स्वास्थ्य चौकी निर्माण

नेपालखबर
पुस २१, २०७९ बिहिबार २१:५९, काठमाडौँ

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरमा स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन्।

कैलाश ७ स्थित ताम्लाङमा उनले स्वास्थ्यचौकी निर्माण गरेकी हुन्। सो स्वास्थ्य चौकीबाट अहिले बिरामीले सेवा लिइरहेको उनले जानकारी दिइन्।

श्रंखलाले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगितामा ब्युटी विथ पर्सनको लागि गृहजिल्ला मकवानपुरमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन्।

हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उनले उल्लेख गरेकी छन्। दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनले धन्यवाद दिएकी छन्।

सामान्य बिरामी हुँदासमेत उपचार सेवा पाउन नसक्ने अवस्था रहेकोमा स्वास्थ्यचौकी निर्माण पछि उपचारमा सहज भएको भन्दै स्थानीय खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .