ad ad

समाज


तारेख बुझ्न सन्दीपलाई कारागारबाट जिल्ला अदालत लगियो

तारेख बुझ्न सन्दीपलाई कारागारबाट जिल्ला अदालत लगियो

सन्दीपलाई कारागरबाट अदालतलतर्फ लगिँदै। तस्बिर : विशाल कार्की/नेपालखबर


विशाल कार्की
पुस २९, २०७९ शुक्रबार १३:४४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत लगिएको छ। त्यहाँ उनले तारेख बुझ्नेछन्। 

लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा तारेख बुझ्न लगिएको हो। 

उनलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंले शुक्रबारै केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको थियो।

उच्च अदालत पाटनले मागेअनुसारको २० लाख धरौटी सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए।

धरौटी बुझाएसँगै अदालतले कारागारलाई पत्र पठाएको थियो। अहिले कारागारले स्वास्थ्य परीक्षण गरेर सन्दीपलाई अदालत पठाएको हो। अदालतमा सन्दीपले तारेख बुझ्नेछन्। 

उच्च अदालत पाटनले बिहीबार सन्दीपलाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको थियो। 

सन्दीपलाई भ्यानमा जिल्ला अदालत लगिँदै। तस्बिर : विशाल कार्की/नेपालखबर

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। 

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।   

उक्त आदेशअनुसार रिहा गर्न अदालतले कारागारमा पत्र पठाएको हो। भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ। 

असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो। 

तीन महिना एकसाता थुनामा बसेपछि उनी रिहा हुन लागेका हुन्।

केन्द्रीय कारागारबाट निस्किँदै प्रहरीको गाडी। तस्बिर : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .