ad ad

समाज


पिकनिक गएका अनुसन्धानका कर्मचारीको रहस्यमय मृत्यु, नदीमा भेटियो शव

पिकनिक गएका अनुसन्धानका कर्मचारीको रहस्यमय मृत्यु, नदीमा भेटियो शव

गोकुल जोशी
फागुन १४, २०७९ आइतबार १२:४२, कञ्चनपुर

बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन्। 

दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका हुन। 

घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए।

मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए। बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए।

शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन। बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए।

दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए। बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन भएको छैन।

उनको मृत्यु शंकास्पद छ। उनी महाकाली तीरसँगै रहेको खडेनीका स्थानीय बासिन्दा हुन। उनी पौडी खेल्न सिपालु थिए। 

दिउँसो पिकनिक गएका बुडाल हराएको भन्दै उनका साथीहरुले राति करिब ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए। 

‘नदीमा शव भेटिएको छ, अहिले शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदैछौँ,’ डीएसपी शाहीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .