ad ad

समाज


पत्रकार महासंघ ललितपुर शाखाद्वारा ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना

पत्रकार महासंघ ललितपुर शाखाद्वारा ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना

मंगलबार बसेको नेपाल पत्रकार महासंघ ललितपुर शाखाको बैठक।


नेपालखबर
चैत १, २०७९ बुधबार १३:३१, काठमाडौँ

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ।

सोमबार बसेको महासंघ ललितपुर शाखाको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्व. धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए।

‘हामीले अहिले १ लाख राखेर कोष स्थापना गरेका छौं, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ,’ अध्यक्ष न्यौपानेले भने, ‘संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्त्वपूर्ण हुनेछ।’ 

महासंघ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विक्रम संवत् २०७४ वैशाख २६ गते निधन भएको थियो। उनले विक्रम संवत् २००६ देखि पत्रकारिता गरेका थिए। शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष थिए।

महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउन कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ।

‘जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासंघ ललितपुर शाखाले लिएको छ,’ सचिव कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .