भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो। आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ नै छ।
जताततै कामको चापले काठमाडौंवासीलाई कसैले चिन्दैन। तर, यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ।
साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन।
भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ।
हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् ।
दिउँसोको उज्यालो त सबैले हेर्छन्त र साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ।
न्युज एजेन्सीले तयार पारेको राजधानीको गोधुली साँझका तस्बिरः
Shares
प्रतिक्रिया