ad ad

समाज


गृहसचिवसहित सुरक्षा अधिकारी बालुवाटारमा, प्रधानमन्त्रीसमक्ष देशको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ

गृहसचिवसहित सुरक्षा अधिकारी बालुवाटारमा, प्रधानमन्त्रीसमक्ष देशको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ

नेपालखबर
चैत ४, २०७९ शनिबार १६:४४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिव तथा सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाएर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिइरहेका छन्। 

केही बेरअघि प्रधानमन्त्री निवास पुगेका गृहसचिवलगायत सुरक्षा अधिकारीले प्रधानमन्त्रीसमक्ष देशको सुरक्षाा अवस्तथाबारे ब्रिफ्रिङ गरिरेहका छन्। 

यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय/क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृहसचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। 

देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .