ad ad

समाज


बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

शनिबार गृहसचिव तथा दुवै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री


नेपालखबर
चैत ४, २०७९ शनिबार १९:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षामा ध्यान दिन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। 

खासगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने तथा कुटपिट गर्ने गतिविधि बढिरहेका छन्। 

सोही विषयमा प्रधानमन्त्री प्रचण्डले चासो राख्दै बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए। 

देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .