ad ad

समाज


नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै

नेपालमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाखले धेरै

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार ११:५९, काठमाडौँ

नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या साढे ६ लाखले धेरै रहेको पाइएको छ।

केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा गरेको जनगणनाको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

विभागको प्रतिवेदनअनुसार नेपालमा महिलाको संख्या १ लाख ४९ हजार ११ हजार २७ जना रहेको छ। 

त्यसैगरी पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ। जसअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४७६ ले धेरै रहेको छ। 

जसअनुसार ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण शुक्रबार सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .