ad ad

समाज


बागमती र मधेश प्रदेशको जनसंख्या करिब बराबर

बागमती र मधेश प्रदेशको जनसंख्या करिब बराबर

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:३२, काठमाडौँ

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेश र बागमती प्रदेशको जनसंख्या करिब बराबर देखिएको छ।

मधेश प्रदेशमा ६१ लाख १४ हजार ६ सय जना बसोबस गर्ने तथ्यांकले देखाएको छ।  त्यस्तै बागमती प्रदेशमा ६१ लाख १६ हजार ८ सय ६६ जनाले बसोबास गर्ने गरेको तथ्यांकमा देखिन्छ।

तथ्यांकअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेकोमा सबैभन्दा कम कर्णालीमा प्रदेशमा छ। कर्णाली प्रदेशमा कुल १६ लाख ८८ हजार ४१२ जनसंख्या भएको तथ्यांकमा देखिन्छ।

यसैगरी कोशी प्रदेशमा ४९ लाख ६१ हजार ४१२ जना, लुम्बिनीमा ५१ लाख २२ हजार ७८ जना, गण्डकीमा २४ लाख ६६ हजार ४२७ र सुदुरपश्चिम प्रदेश २६ लाख ९४ हजार ७८३ जनसंख्या रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .