मादक पदार्थ सेवन गरी बुढानीलकण्ठमा पैदल यात्री लीला देवकोटालाई ठक्कर दिई मार्ने कारमा सवार रहेकी परमिता राज्यलक्ष्मी राणाले फेसबुकमार्फत माफी मागेकी थिइन्।
मंसिर २८ मा बुढानीलकण्ठमा सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटालाई बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिएको थियो।
ठक्कर दिने कारका चालक पृथ्वी मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कारमा चार जना सवार रहेको बताइएपनि प्रहरीले उनीहरुको नाम गुप्त राखेको थियो।
चालक मल्लमाथि प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको छ।
घटनाको २६ दिनपछि परमिताले नसामा गाडी हाँकेको स्वीकारेकी छन्।
‘हामी चारजनाको मूर्खताले निर्दोष व्यक्तिको ज्यान गएको छ,’ उनले भनेकी छन्, ‘म पनि त्यही कारमा थिएँ।’
परमिताले घटनाबाट आफू स्तब्ध भएको बताएकी छन्।
3
Shares
प्रतिक्रिया