सवारी चालक अनुमतिपत्र नबोकेका एक चालक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन्।
मंगलबार राति काठमाडौं महानगरपालिका–१५ डल्लु पुलस्थित डिउटीमा रहेका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने दाङ घर भइ हाल भक्तपुर बस्दै आएका २१ वर्षीय रबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।
घतीले सवारीचालक अनुमतिपत्र नलिइ मोटरसाइकल चलाएको भेटेपछि प्रहरी कारबाहीबाट बँच्न सो रकम घुस दिन खोजेका थिए।
प्रहरीले उनलाई सो रकमसहित नियन्त्रणमा लिइ आवश्यक अनुसनधान अगाडि बढाएको जनाएको छ।
3
Shares
प्रतिक्रिया