ad ad

समाज


अझै पत्ता लागेनन् कपनकी निराका हत्यारा, गगनले संसदमा भने : सरकार रमिते बन्यो

अझै पत्ता लागेनन् कपनकी निराका हत्यारा, गगनले संसदमा भने : सरकार रमिते बन्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १६:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा दिन माग गरेका हुन्। 

थापाले संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको हत्या भएको ७ दिन बित्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन नसकेको बताए। 

दोषीलाई कारबाही गर्न नसकेकोमा उनले सरकारविरुद्ध आक्रोशसमेत पोखे। 

‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो। स्थानीय र मृतकका प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन। आज संयोगले गृहमन्त्री संसदमा हुनुहुन्छ। म आग्रह गर्न चाहन्छु घटनाको सत्यतथ्य आ‌‌ओस्', उनले भने, 'दिनदहाडै हत्या हुँदा यहाँका नागरिकले सरकारसँग विश्वास गर्न नसक्ने अवस्था छ। यसबारे गृहमन्त्रीले चासो दिनुहोस्।'

उनले यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन नसकिएको भन्दै आपत्ति जनाए।

'शीघ्राधिशीघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु', उनले भने, 'यससँगै सिंगै काठमाडौंलाई हामीसँगै काम गर्न तयार छौं। महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंमा सीसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेको हुन्थ्यो।’

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल गर्दै आएकी बाग्लुङको बडिगाड गाउँपालिकाकी ३५ वर्षीया निरा आचार्यको गत वैशाख ८ गते दिउँसो चक्कु हानेर हत्या गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .