ad ad

समाज


परराष्ट्रका कर्मचारी बेगनास तालमा मृत भेटिए

परराष्ट्रका कर्मचारी बेगनास तालमा मृत भेटिए

नेपालखबर
बैशाख २५, २०८० सोमबार १३:२४, काठमाडौँ

पोखराको बेगनास तालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन्।

सोमबार बिहान साढे ८ बजेतिर परराष्ट्र मन्त्रालयमा कार्यरत नायव सुब्बा अनुप भण्डारी तालमा मृत फेला परेका हुन्। 

३१ वर्षीय भण्डारीको घर उदयपुर हो। परिचयका पत्रका आधारमा उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

तालको छेउमा पानीमा डुबिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमान्डमा टोली खटिएको छ।

शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .