बझाङको साईपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भन्दै भएका टिकाटिप्पणीप्रति गाउँपालिकाले ध्यानाकर्षण गराएको छ।
सामाजिक सञ्जाल र केही मिडियामा सो क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प रहेको र आवतजावत भइरहेको भन्ने समाचार प्रकाशन र प्रशारण भएका थिए। सो बारे खण्डन गर्दै गाउँपालिकाले त्यस क्षेत्रमा नियमित रुपमा स्थानीय बासिन्दाको आवतजावत भइरहेको स्पष्ट पारेको छ।
शसार्वभौम राष्ट्रको समग्र भुगोलको रक्षा गर्नु सरकारको कर्तव्य हो। नेपालको भौगोलिक क्षेत्रको सुरक्षाका विषयमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो तहबाट अह्म भुमिका निर्वाह गर्दै आईरहेको छ,,’ गाउँपालिकाले भनेको छ, ‘सोही सम्बन्धमा साईपाल गाउँपालिका वडा नं १ र २ को क्षेत्रभित्र रहेको माझा क्षेत्र साईपाल गाउँपालिकाको जडिबुटी संकलन क्षेत्र रहेको र नियमित रुपमा स्थानीय बासिन्दाको आवतजावत भईरहने साथै गाउँपालिकाबाट समेत उक्त क्षेत्रमा नियमित अनुगमन भइरहेको हुँदा सो क्षेत्रमा सञ्चार माध्ययममा उल्लेख भएबमोजिम कुनै पनि गतिविधि नभएको व्यहोरा समेत अवगत गराउन चाहन्छौं।’
Shares
प्रतिक्रिया